पोखरा, २२ मंसिर। पोखरा १७ पार्दीस्थित फिष्टेल एकेडेमीको रजत जयन्तीको अवसरमा शनिवार रक्तदान कार्यक्रम गरिएको छ। रक्तदानसँगै विद्यालयले रजत जयन्तीका कार्यक्रम शुभारम्भ गरेको छ।
रजत जयन्तीमा आयोजना गरिने अन्य कार्यक्रम क्रमशः तय गरिने विद्यालयले जनाएको छ। विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाटले रजत जयन्तीसँगै विद्यालयले आफ्नो भूमिका थप फराकिलो बनाउने उल्लेख गरे।
‘अब विद्यालय परिपक्व बनेको छ,’ प्राचार्य रानाभाटले भने, ‘सबैको सहयोगले आजसम्म विद्यालयको यात्रा सुखद बनेको ठानेको छौं।
विद्यालयको प्राङ्गणमा आयोजित रक्तदानमा ७४ जनाले रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले पहिलो रक्तदाता विद्यालयका प्राचार्य बुद्विमोहन पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए।
कार्यक्रममा सभापति पाण्डेले निजी विद्यालयमध्ये फिष्टेल अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित बनेको उल्लेख गरे। उनले रक्तदानजस्तो पवित्र कार्यबाट रजत जयन्ती शुभारम्भ गरेको भन्दै प्रशंसा गरे। त्यस अवसरमा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले पनि बोलेका थिए।
फिष्टेल एकेडेमी व्यवस्थापन समिति अध्यक्ष अञ्जु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रम कार्यक्रम संयोजक भरत खड्काले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives