स्वास्थ्यकर्मी संघको प्रदेश अधिवेशन तयारी

Avatar राष्ट्र न्यूज सम्वाददाता
मंसिर १२, २०७५
narayan photo

पोखरा, ११ मंसिर । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन मंशिर १४ गते शुक्रबार पोखरामा हुने भएको छ ।

‘नागरिकको स्वास्थ्यमा सहज पहुँच, मर्यादीत पेशामा सुरक्षित स्वास्थ्यकर्मी’ भन्ने मूल नाराका साथ हुन लागेको अधिवेशन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाहलमा हुने छ । अधिवेशनले २१ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्ने छ ।

अधिवेशनमा ११ जिल्लाका एक सय १० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षक सहभागि हुने छन् । अधिवेशनलाई लक्षित गरी मङ्गलबार तयारी बैठक सम्पन्न भएको छ ।

अधिवेशनको आवश्यक तयारी तिव्र पारिएको छ, संघका अध्यक्ष नारायण बरालले भने – ‘स्वास्थ्य क्षेत्रको सुदृढिकरण तथा पेशागत हक, हितका लागि अधिवेशनले महत्वपूर्ण निर्णय समेत गर्ने छ।’ उनले अधिवेशनलाई सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिवेशन उद्घाटन गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

  • गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    फागुन १८, पोखरा । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित गुरुङ भाषा तथा संस्कृतिमा आधारित दोस्रो चलचित्र शिरसुबाको फागुन…
  • प्रधानमन्त्री ओली पोखरा आउँदै

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १७, २०७७
    पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । उनले पोखरामा नेकपा प्रदेश कमिटीले आयोजना गर्ने…
  • कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

    Avatar रासस फागुन १६, २०७७
    तनहुँ, १६ फागुन (रासस)। दमौली कारागारमा रहेका कैदीबन्दीबीच आज साँझ झडप हुँदा पाँच घाइते भएका छन् । झडपमा परी तीन…
  • घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १६, २०७७
    पोखरा, १६ फागुन । पोखरा महानगरपालिका वडा नं १९ घार्मीमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । संघीय सरकार स्वास्थ्य…
  • गलेश्वर मन्दिर पित्तलले छाइने

    Avatar रासस फागुन १६, २०७७
    म्याग्दी, १६ फागुन (रासस)।बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार…

Trending

ट्रेन्डिङ्ग