पोखरा, ३ मंसिर। सिप्रदियन सहायता संस्थाले पोखरामा सोमबार राष्ट्रव्यापी मेकानिक तालिम गरेको छ।
मेकानिकलको क्षमता अभिवृद्वि तथा पछिल्लो नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले तालिम गरिएको हो। तालिममा ४० जना मेकानिकल सहभागी थिए।
संस्थाले मंसिर १ देखि देशका विभिन्न स्थानमा तालिम गरिरहेको छ। मंसिर ४ गतेसम्म विभिन्न १६ स्थानमा तालिम गर्ने संस्थाले जनाएको छ। तालिममा सञ्जीव गोलालले प्रशिक्षण दिएका थिए।
सिप्रदि अटो पार्टस्का गुणबहादुर श्रेष्ठको संयोजकत्व तथा प्रवेश पौडेल र बुद्विसागर सापकोटाको सहसंयोजकत्वमा तालिम गरिएको हो। कार्यक्रममा गण्डकी अटो मेकानिकल एशोसिएसन उपाध्यक्ष किरण कपालीले सिप्रदिले मेकानिकललाई महत्व दिएको भन्दै प्रशंसा गरे।
सिप्रदियन सहायता संस्थाले शिक्षा क्षेत्रमा छात्रवृत्ति लगायत अन्य सामाजिक कार्यहरु गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा
आयोजना सकियो पानी आएन
लियो ३२५ जे नेपालको पहिलो बोर्ड बैठक
पृथ्वीराजमार्गको विकल्पः त्रिशुली करिडोर