पोखरा, १७ कात्तिक । पोखराको न्यूरोडस्थित स्पर्श आयुर्वेद अस्पताल प्रालिले आयोजना गरेको आयुर्वेद स्वास्थ्य शिविर जारी रहेको छ ।
आयुर्वेदका प्रर्वद्वक धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा शुक्रबारदेखि शुरु भएको शिविर सोमबारसम्म चल्ने छ ।
प्रालिले पोखरा न्युरोडस्थित आदर्श चोकमा रहेको अस्पताल परिषरमा स्वास्थ्य शिविर संचालन गरिरहेको छ । सेवाग्राहीले सेवा लिने क्रम जारी छ, अस्पतालका प्रवन्ध निर्देशक गजेन्द्र थापाले भने – ‘ शिविरबाट लाभ लिन सबैलाई अनुरोध गर्दछौं।’
शिविरमा निशुल्क स्वास्थ्य परिक्षण सहित विभिन्न सेवामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
शिविरमा हाडजोर्नी, पायल्स फिस्टुला, स्त्री तथा प्रसुती, मधुमेह , उच्च रक्तचाप लगायतको उपचार सेवा उपलब्ध गराइएको छ ।
शिविरमा डा. ओमप्रकाश कलौनी, डा. कमल शर्मा, डा. रामकृष्ण भुजेल, डा. सुशीला छन्त्याल, डा. प्रफुल्ल चन्द्र यादव र अनिल थापाले उपचार सेवा प्रदान गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई