पोखरा, १५ कात्तिक । वीपी स्मृति भवन निर्माणका लागि सहयोग जुटाउन कास्कीमा कर्ण दास सांगितिक साँझ – २०७५ गरिने भएको छ ।
नेपाली काँग्रेस माछापूच्छ«े गाउँपालिका वडा नं २ इकाई समिति कास्कीले सो कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम कात्तिक १७ गते शनिवार गण्डकी रेम्बो ट्राउट फार्म हाउस भुर्जुङखोलामा हुनेछ । कार्यक्रम सम्पन्न गर्न तीन लाख रुपैया खर्च लाग्ने र १२ लाख बचत हुने अनुमान गरिएको नेपाली काँग्रेस माछापूच्छ«े गाउँपालिका वडा नं २ इकाई समितिका सभापति गुञ्जमान गुरुङले जानकारी दिए ।
भवन निर्माणका लागि १० लाख रुपैया अपुग भएकाले रकम जुटाउन कार्यक्रम गर्नु परेको उनको भनाई छ ।
इकाई समितिको पहलमा सार्दीखोलामा निर्माणाधिन भवनको ७० प्रतिशत निर्माण कार्य पूरा भएको छ ।
भवन निर्माणका लागि सार्दीखोलाका समाजसेवी आशबहादुर गुरुङले जग्गा दान गरेका थिए । भवनमा पुस्तकालय, सेमिनार हल र इकाई समितिको कार्यालय रहने छ ।
Related News
सम्बन्धित समाचार
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
११ औं पोखरा महोत्सवको तयारी पूरा