पोखरा, १२ कात्तिक। लायन्स क्लब अफ पोखरा अन्नपूर्णले विविध कार्यक्रम गरेको छ।
क्लबले लायन्स क्लब अफ तनहुँ डुम्रेको संयोजन तथा फिष्टेल हस्िपटल एण्ड रिर्र्सच सेन्टर प्रालि र सेन्ट्रल क्वीन्सल्याण्ड युनिभर्सिटी अष्ट्रेलियाको प्राविधिक सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरेको हो।
तनहुँको बन्दीपुर-१ डुम्रे, चिसापानीमा आयोजित शिविरबाट तीन सय ५० जना स्थानीय लाभान्वित भएका छन्।
नेपाली र अष्टे्रलियन २०/२० जना स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गरेको थियो। डिष्ट्रिक ३२५ बी वान नेपालका गभर्नर अशोककुमार श्रेष्ठले शिविर उद्घाटन गरेका थिए।
कार्यक्रमको संयोजन लायन्स पोखरा अन्नपूर्ण पोखराका संस्थापक सचिव सोनाम साङ्पोले गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ तनहुँ डुम्रेका संस्थापक अध्यक्ष मानकाजी श्रेष्ठ, डा, भोला श्रेष्ठ लगायतले बोेलेका थिए।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष दिनेश तुलाचनको अध्यक्षतामा भएको कार्यक्रम सचिव ओमप्रसाद सुवेदीले संचालन गरेका थिए।
त्यस्तै, लायन्स क्लब अफ पोखरा अन्नपूर्णले तनहुँको बन्दीपुर-१ डुम्रे, चिसापानीमा अपाङ्गता भएकालाई हृवीलचेयर प्रदान गरेको छ।
सेन्ट्रल क्वीन्सल्याण्ड युनिभर्सिटी अष्ट्रेलियाको सहयोगमा ७० हजार मूल्य बराबर १० वटा हृवीलचेयर वितरण गरिएको हो।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई