पोखरा, २८ असोज । पोखरा महानगरपालिका वडा नं १३ स्थित पृथ्वीधर सिग्देल समाजको दोस्रो साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा ज्येष्ठ सदस्य सहित विभिन्न शैक्षिक तह उतिर्ण गरेकाहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा ज्येष्ठ सदस्यहरु लिलावती सिग्देल, दुर्गाप्रसाद सिग्देल, बोधराज सिग्देल छन् । त्यस्तै विद्यार्थीहरु भुमिका सिग्देल, दिपा सिग्देल संजिवन सिग्देल, कृशा सिग्देल र समीक्षा सिग्देललाई सम्मान गरिएको थियो ।
यसअघि जग्गादाता चिरञ्जिवी सिग्देलले साधारणसभा उद्घाटन गरेका थिए । कार्यक्रममा समाजका संस्थापक सचिव शरदकान्त सिग्देलले बोलेका थिए ।
साधारणसभाले सचिव मुकुन्दप्रसाद सिग्देलले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष बसन्त सिग्देलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिश्चन्द्र सिग्देलले स्वागत र सचिव मुकुन्दप्रसाद सिग्देलले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान