पोखरा, २३ असोज । पोखरा महानगरपालिका वडा १७, महतगौंडाका कृषकहरुको समूहले मंगलबार क्षतिपूर्ति र कारबाहीको माग गर्दै विभिन्न कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
कृषक समूहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पोखरा, पोखरा महानगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्र स्याङ्जामा ज्ञापनपत्र बुझाएका हुन् ।
पचास प्रतिशत अनुदानमा प्राप्त जेठो बूढा धानको बीउँ लगाउँदा बेजातको धान पसाएको भन्दै क्षतिपूर्ति सहित दोषीलाई कारबाहीको माग गरिएको छ ।
जेठो बूढा धानको बीउँ लगाउँदा ५० प्रतिशत जेठो बूढा र ५० प्रतिशत विभिन्न जातको धान पसाएको भन्दै धान खेतको निरीक्षण गर्न ध्यानाकर्षण गराइएको छ ।
चौबीस जना कृषकद्वारा हस्ताक्षर गरी बुझाइएको ज्ञापनपत्रमा धानको त्यस्तो अवस्थाले कृषक अन्यौलमा परेको उल्लेख छ ।
कृषकलाई क्षतिपूर्ति दिन र नराम्रो बीउँ वितरण गर्ने व्यक्तिमाथि छानविन गरी कारबाही गर्न माग गरिएको छ । साथै ज्ञापनपत्रमा माग पूरा नभए कडाभन्दा कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान