पोखरा, २५ असोज । पोखरा महानगरपालिका वडा नं १३ पाटनबेसीस्थित उज्वल टोल विकास संस्थाको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले अध्यक्ष बुद्विप्रसाद बराल र सचिव गंगाधर बास्तोलाले प्रस्तुत गरेको वार्षिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
त्यसअवसरमा उत्कृष्ठ कार्य गरेको भन्दै संस्थाका सचिव गंगाधर बास्तोला र ज्येष्ठ नागरिक भुवनसिंह बिकलाई सम्मान गरिएको थियो ।
त्यस्तै, तीजको अवसरमा वडामा आयोजित तीज गित प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्ने संस्थाका महिलाहरुको टोली कुमारी बिक, शान्ति राना, चन्द्र बिक, विष्णु गुरुङ, सपना क्षेत्री र अस्मिता बराललाई पनि सम्मान गरिएको थियो ।
साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १३ की वडा सदस्य कृष्णकुमारी गुरुङले वडामा विकास निर्माणलाई प्राथमिकता दिइएको बताईन्।
आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले राम्रो काम गरी बेग्लै पहिचान बनाउन आग्रह गरे ।
कार्यक्रममा प्रहरी सहायक निरीक्षक कृष्णबहादुर तामाङ, पाटनवेशी टोल विकास संस्थाका अध्यक्ष नरेन्द्र अधिकारी, कलाकार रतिमाया खड्का लगायतले बोलेका थिए ।
उज्वल टोल विकास संस्थाका अध्यक्ष बुद्विप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य शारदा रानाभाटले स्वागत र उपाध्यक्ष राजेन्द्र क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कर्मशीलका सदस्यलाई युआरएल र अन्नपूर्ण सिटीमा छुट
सराङकोटमा तीज मेला हुने
कास्कीमा थपिए ११ हजार मतदाता
श्री कृष्ण प्रणामी मन्दिरमा रक्षाबन्धन विशेष कार्यक्रम हुँदै
अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर पोखरामा