पोखरा, २ असोज । नेपाली काँग्रेस कास्कीमा रिक्त पदाधिकारी मङ्गलबार मनोनयन गरिएको छ ।
कास्की काँग्रेसको उपसभापतिमा आईबहादुर गुरुङ, सचिवमा देवेन्द्र रानाभाट र सहसचिवमा रङ्गिला आचार्यलाई मनोनय गरिएको हो ।
कास्की काँग्रेसको मङ्गलबारको बैठकमा पदाधिकारी मनोनयनका लागि सभापति कृष्ण केसीले गरेको प्रस्ताव बैठकले पारित गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
बैठकले कास्कीका साविकका तीन वटा निर्वाचन क्षेत्रमा महासमिति सदस्य चयनका लागि निर्वाचनको मिति तोकेको छ ।
कास्की क्षेत्र नं १, २ र ३ मा असोज २० गते निर्वाचन गर्ने र प्राविधिक जिम्मेबारी डेमोक्रेटिक लयर्स एशोसियशनलाई दिने निर्णय गरेको छ ।
त्यस्तै, केन्द्रीय कार्य समितिको निर्देशन अनुसार, पार्टीको विद्यान शंसोधन मस्यौदामा राय, सुझाव संकलनका लागि पोखरामा असोज ९ र १० गते प्रदेशस्तरीय भेला गर्ने र सो भेलामा कास्कीको तर्फबाट राय, सुझाव पेश गर्ने निर्णय गरेको छ ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने