पोखरा, १८ भदौ । नेपाली काँग्रेस पोखरा महानगरपालिका समितिले पोखरा विश्वविद्यालयमा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
भदौ ५ गते मङ्गलबार कार्यालय समय बाहिर परीक्षा परिणामलाई दीर्घकालिन असर पु¥याउने गरी घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
समितिको नेतृत्वमा सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
ध्यानाकर्षणपत्र बुझाउन काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवर, काँग्रेस पोखरा महानगर समितिका सभापति बजिरमान श्रेष्ठ, सहसभापति राजेन्द्रमणि लामिछाने, काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङ, जिल्ला सदस्य नवीन सिग्देल, नेपाल महिला संघ पोखरा महानगर सभापति माया बराल, नेवि संघकी केन्द्रीय सदस्य पुनम भट्ट लगायतको टोली पुगेको थियो ।
ध्यानाकर्षणपत्र लाखौ विद्यार्थीको मेहनत र अभिभावकको लगानीलाई चुनौति दिदै परीक्षासँग सम्वन्धित परिणाम, प्रश्नपत्र रहेको कम्प्यूटरको हार्डडिक्स ह्याक गरिनु निन्दनिय भएको र पोखरा विश्वविद्यालयको अस्मितामाथि चुनौति दिन खोजिएको उल्लेख छ ।
ध्यानाकर्षणपत्रमा घटनामा जो कोहि संलग्न रहेको भएपनि खोजी गरी कारवाही गर्न माग गरिएको छ ।
दोषीलाई उन्मुक्ति दिए हामी जस्तो सुकै आन्दोलन गर्न पछि पर्ने छैनौ ध्यानाकर्षणपत्रमा भनिएको – ‘पोखरा विश्वविद्यालयमा स्वच्छ शैक्षिक वातावरण सृजना गरी उच्च गरिमामय प्राज्ञिक संस्थाको रुपमा स्थापित गर्न चाहन्छौं।’
यसैवीच, काँग्रेस पोखरा महानगर समितिले सोमबार नै पोखरा विश्वविद्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।
पोखरा विश्वविद्यालयका उपकुलपति डा. चिरञ्जिवि शर्मा र रजिष्टार गोविन्द शर्मालाई ज्ञापनपत्र बुझाइएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives