पोखरा, ४ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम सोमबारदेखि शुरु भएको छ ।
प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ । तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ्ग, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागि छन् । तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले गरेका थिए ।
त्यसअवसरमा पशु सेवा निर्देशनालय पोखराका निर्देशक डा. मनबहादुर पुन, पशुपंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. केदारराज पाण्डे, राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख शिवनाथ महतो, पशु सेवा तालिम केन्द्र पोखराका वरिष्ठ तालिम अधिकृत डा. विजयकुमार श्रेष्ठले बोलेका थिए ।
नेल्टा कास्कीका अध्यक्ष ठगेन्द्रप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिव सुरेशकुमार श्रेष्ठले स्वागत र केन्द्रीय सदस्य डिल्लिराम रेग्मीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives