पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग गरेको छ ।
क्बलले तीजको अवसर पारेर आश्रमका १५ जना बृद्वबृद्वालाई एक छाक खाना खुवाउनुको साथै कपडा, फलफूल र खाद्यान्न सहयोग गरेको हो ।
क्लबकी अध्यक्ष सावित्री नेपालीले बृद्वाबृद्वालाई सहयोग हस्तान्तरण गरेकी थिईन् । सो कार्यक्रमका लागि क्लबकी पूर्वअध्यक्ष शारदा शर्मा, ,भक्ति गुरुङ, अनिला श्रेष्ठ, उपाध्यक्ष अम्बु कर्माचार्य, आइएसओ किशोरी गोदार, सदस्यहरु जुनादेवी थापा, अञ्जु नेपाली, मिना शर्माले खाद्यान्न सहयोग गरेका थिए ।
कार्यक्रम आरोग्य आश्रमका अध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । त्यसअवसरमा क्लबकी पूर्वअध्यक्ष शारदा शर्माले बोलेकी थिईन् ।
इनरव्हिल क्लब अफ पोखरा मिडटाउनकी अध्यक्ष सावित्री नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष पार्वती पाण्डेले स्वागत र सचिव सावित्री थापाले संचालन गरेकी थिईन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन