पोखरा, २५ साउन । नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा पोखरामा बिहीबार प्रशिक्षण कार्यक्रम गरिएको छ ।
नेपाल महिला संघ कास्कीले सामसामयिक राजनीतिक घटना क्रममा कम्युनिष्ट सरकार र महिला संघको इतिहासका विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
कार्यक्रममा पाँच सय जना महिला सहभागि थिए । कार्यक्रममा युवा नेता देवराज चालिसे र नेपाल महिला संघकी केन्द्रीय सदस्य कल्याणि रिजालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य बृन्दादेवी रानाले अझै पनि कुनै न कुनै रुपमा महिलामाथिको दमन कायम नै रहेको बताईन् । उनले महिला हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्नका लागि प्रयास जरुरी भएको उल्लेख गरिन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले हरेक क्षेत्रमा महिलाको भुमिका प्रशंसनीय भएको बताए ।
नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति गौरी सापकोटाले स्वागत, सचिवद्वय सीता गुरुङ र कमला बरालले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता