पोखरा, १८ साउन । पोखरा भाडा व्यवसायी संघले पोखरामा शैक्षिक सामाग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको छ ।
संघले पोखरा – २१ कृस्ति स्थित भविष्य निर्माण माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको हो । त्यस्तै, संघले विद्यालयलाई एक÷एक थान भलिबल र बास्केटबल सहित नेट सहयोग गरेको छ । संघले करिब ६० हजार मूल्य बराबरका सामाग्री वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि युवा पत्रकार नवीन सिग्देल, पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष खगराज आचार्य, संघका निवर्तमान अध्यक्ष कुश कार्की र सल्लाहाकार पुरुषोत्तम श्रेष्ठ लगायतले शैक्षिक सामाग्री र वासएबल सेनेटरी प्याड वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै युवा पत्रकार नवीन सिग्देलले सहयोग गर्नेहरुलाई समाजले स्मरण गरिरहने बताए ।
वडाध्यक्ष खगराज आचार्यले वडामा पढाई सुधार अभियान गर्न लागिएको जानकारी दिए ।
पोखरा भाडा व्यवसायी संघका सल्लाहाकार पुुरुषोत्तम श्रेष्ठले वितरण गरिएका सामग्रीको उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले विद्यालयमा शुक्रबार १२ बजे पछि मात्र संघ÷संस्थालाई कार्यक्रम गर्न दिइने निर्णय भएको जानकारी दिए ।
कार्यक्रमका लागि संघका सदस्य एवं डेज् फर गल्र्स पोखरा क्रिसका सुपर भोलेन्टियर कृष्णहरि पौडेलले सेनेटरी प्याड उपलब्ध गराएका थिए ।
उनले वासएबल सेनेटरी प्याडको प्रयोगले महिलाहरुमा महिनाबारी हुदाँको अवस्थामा अन्य प्याड प्रयोग गर्दाको तुलनामा खर्च कम हुने बताए ।
पोखरा भाडा व्यवसायी संघका अध्यक्ष देवबहादुर (डिबि) भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक राजेन्द्र सापकोटाले स्वागत र द्वितिय उपाध्यक्ष नरेन्द्रप्रसाद आचार्यले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान