पोखरा, १४ साउन । सुनचाँदी व्यवसायी संघ कास्कीको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
त्यसअवसरमा संघको भवन खरिदका लागि आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
साधारणसभाले महासचिव मनबहादुर लाम्गादेले प्रस्तुत गरेको वार्षिक र कोषाध्यक्ष सोभितमान बुद्वाचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
साधारणसभा उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सरकारसँग छलफल गरी सुनचाँदी व्यवसायीका लागि छिट्टै निर्देशिका जारी गर्ने तयारी भैरहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायीक एकतामा जोड दिए ।
त्यसअवसरमा जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक विशाल तामाङ्ग ,नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य केश बहादुर सुनार, पोखरा भाडा व्यवसायी संघका अध्यक्ष डि.बि भुजेल ,फर्निचर एवं फनिसिङ्ग व्यवसायी संघका अध्यक्ष हिरामणी पण्डीत , फ्लोरिङ फर्निसिङ्ग व्यवसायी संघका अध्यक्ष माधव भण्डारी, म्याग्दी सुनचाँदी व्यवसायी संघका अध्यक्ष चन्द्रप्रकाश बराईली, पर्वतका अध्यक्ष विकास सुनार, तनहुँका अध्यक्ष कृष्ण बहादुर सुनार, गोरखाका बरिष्ठ उपाध्यक्ष टेक बहादुर सुनार, नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीका उपाध्यक्ष राम बहादुर वि.क र स्वर्णकार कल्याण समिति कास्कीका उपाध्यक्ष राजेश खड्काले बोलेका थिए ।
सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भविन्द्र विश्वकर्माले धन्यवाद ज्ञापन र महासचिव मन बहादुर लाम्गादेले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह
एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश