पोखरा, ३१ असार । वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीले पोखरा महानगरपालिका वडा नं १७ स्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।
संघले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । संघले दाल, चामल, तेल, नुन, चाउचाउ र जुस गरी करिव ३७ हजार मूल्य बराबरको खाद्यान्न सामाग्रंी सहयोग गरेको हो ।
संघका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठले आश्रमका संयोजक होमनाथ तिमिल्सिनालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए ।
प्रत्यक वर्ष नै सामाजिक उत्तरदायित्वका काम गर्दै आएका छौं, संघका कार्यवाहक अध्यक्ष श्रेष्ठले भने – ‘यसवर्ष मानव सेवा आश्रम आएका छौ, आगामी वर्षमा पनि सहयोगलाई निरन्तरता दिनेछौं।’
संस्थाका निवर्तमान अध्यक्ष फणिन्द्रराज बरालले प्रत्यक वर्ष व्यत्तिगत रुपमा नै आश्रमलाई सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव जगतमोहन गिरीले संचालन गरेका थिए ।
आश्रममा असहाय, अनाथ, अपाङ्ग, मानसिक रोगी, बृद्वबृद्वा गरी ४५ जना रहेका छन् ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान