????????????????????????????????????
पोखरा, २९ असार । कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार – २०७५ बाट पत्रकार राजबहादुर गुरुङ सम्मानित भएका छन् ।
पुरस्कारकी संस्थापक तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङको ३९ औ वैवाहिक वर्षगांठको अवसरमा शुक्रबार सो पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगरले संयुक्त रुपमा उनलाई सम्मान गरेका थिए । पुरस्कारको राशि १५ हजार रुपैयाँ नगद, सम्मानपत्र, भाङ्ग्रा, फेटा र खादाले गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गण्डकी प्रदेशलाई देशकै नमुना प्रदेश बनाउनका लागि प्रदेशबासी मिलेर अगाडी बढ्नुपर्ने बताए ।
पुरस्कार संस्थापक तमु धिं नेपालकी अध्यक्ष कर्मा गुरुङले आफुले आफ्नो वैवाहिक बर्षगांठको अवसर पारी पुरस्कार वितरण गरी जनजातिहरुको आवाज उठाउने पत्रकारहरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताईन ।
सम्मानित व्यक्तित्व राजबहादुर गुरुङले आफ्नो सम्मान सिंगो पत्रकारिताको सम्मान भएको बताउदै पत्रकारितालाई आवाज बिहिनहरुको आवाज बनाउनु पर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका अध्यक्ष एमबी आस्थाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म तमु, फोनिजका सल्लाहाकार हुम गुरुङले बोलेका थिए ।
कार्यक्रममा पुरस्कृत व्यक्तिको परिचय सञ्चारकर्मी तथा पुरस्कार छनोट समितिकी सदस्य शान्ति गुरुङले गरेकी थिइन् भने पुरस्कार छनोट समितिका संयोजक सुरेन्द्र थापामगरले पुरस्कार छनोट बारेमा बोलेका थिए ।
कार्यक्रममा हालै उपअनुसन्धान निर्देशकबाट सहअनुसन्धान निर्देशकमा बढुवा भएका यम पराजुली र कास्की जिल्ला प्रहरी प्रमुख ओम रानालाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस