पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने भएको छ ।
संयुक्त राष्ट्र संघले सन् २०१४ पछि मनाउन थालेको यो दिवसमा विश्वमा विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । चौथौं अन्तर्राष्ट्रिय योग दिवसमा प्रभातफेरि, योग प्रशिक्षण लगायतका कार्यक्रम गरिने पतञ्जली योग समिति, प्रदेश ४ समितिले जानकारी दिएको छ ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी समितिका अध्यक्ष दिपकराज सिग्देलले दिवसको अवसरमा बुधबार प्रभातफेरि कार्यक्रम गरिने जनाए । मानवअधिकार चोक चिप्लेढुंगादेखि सुरु हुने प्रभातफेरि न्युरोड, सभागृहचोक, हुँदै सिर्जनाचोक पुगेर टुंगिनेछ ।
यस्तै, योग दिवसका दिन विहीबार बिहान योगका प्रक्रियाहरु सम्बन्धमा वृहत प्रशिक्षण कार्यक्रम हुनेछ । सिर्जनाचोक स्थित ह्वाइटहाउस पार्टी प्यालेसमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म कार्यक्रम हुने समितिका सचिव विश्वमणि तिवारीले जानकारी दिए । यहाँ योग दिवस मनाउन समिति अध्यक्ष सिग्देलको अध्यक्षतामा आयोजक समिति गठन गरि त्रिदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको हो ।
योग प्रशिक्षक रश्मी अधिकारी भण्डारीले योग दिवसको विशेष कार्यक्रममा उपस्थितिका लागि सबैलाई अनुरोध गरिन् । योगका विभिन्न विधाहरुको माध्यमबाट मानिसको स्वास्थ्यमा शारीरिक, मानसिक र अध्यात्मिक रुपमा सकारात्मक प्रभाव पार्ने योगलाई अवलम्वन गर्न सबैलाई अनुरोध समेत गरिन् ।
Related News
सम्बन्धित समाचार
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने
Archives
Archives