पोखरा, ३० जेठ । नेपाली काँग्रेस कास्कीले नेवि संघका विद्यार्थीमाथि भएको प्रहरी दमनप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी दमनको निन्दा गरिएकोे छ ।
विज्ञप्तिमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउँने संवैधानिक अधिकारको समेत बेवास्ता गरी सरकारको निर्देशनमा भएको घटनाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको उल्लेख छ ।
विज्ञप्तिमा प्रहरी दमनमा परी घाइते भएका विद्यार्थीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आउदा दिनमा यस्ता घटना नदोहो¥याउन चेतावनी समेत दिइएको छ ।
पेट्रोलियम पदार्थ सहित दैनिक उपभोग्य सामग्रीमा भएको मूल्य बृद्वि विरुद्व नेपाल विद्यार्थी संघ कास्कीले मंगलबार बगरमा गरेको मसाल जुलुस प्रदर्शनमा प्रहरी दमन भएको थियो ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता