पोखरा, २७ जेठ । काँहुखोला तीन अञ्चुरे टोल विकास संस्था पोखरा – १३ को शनिवार सम्पन्न पाँचौ अधिवेशन तथा नवौं साधारणसभाले बलबहादुर बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष विष्णुदेवी अधिकारी, सचिवमा बसन्तराज बराल, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा कमल खनाल छन्। समितिको सदस्यमा लक्षिन गुरुङ, चन्द्रकुमारी गुरुङ, निरा नेपाली, पिनकुमारी गुरुङ , तोयनाथ बराल र भोजबहादुर अधिकारी क्षेत्री छन् ।
त्यसअवसरमा जेष्ठ नागरिकहरु नेत्रमाया खनाल, भिमकुमारी आचार्य, बुद्विमाया नेपाली र सुमित्रा अधिकारीलाई सम्मान गरिएको थियो । साधारणसभाले सचिव विष्णुदेवी अधिकारी र कोषाध्यक्ष कमल खनालको प्रतिवेदन पारित गरेको छ ।
अधिवेशन उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले इमान्दारिताका साथ काम गरेर वडालाई नमुना वडा बनाउने बताए ।
त्यसअवसरमा संस्थाका सल्लाहाकार खेमबहादुर गुरुङ, ताराकुञ्ज बोर्डीङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराम गौतम, संस्थाकी सहसचिव लक्ष्मी केसी, सदस्यहरु रमेशकान्त झा, बुद्विबहादुर बराल, सीता श्रेष्ठ, पूर्व सचिव इन्द्रबहादुर कुँवर, महालक्ष्मी बैंक पोखराका प्रवन्धक गणेश आचार्य, पत्रकारहरु शोभाकान्त सिग्देल र नवीन सिग्देलले बोलेका थिए ।
काँहुखोला तीन अञ्चुरे टोल विकास संस्थाकी अध्यक्ष रमादेवी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य पुरुषोत्तम सापकोटाले स्वागत र सचिव विष्णुदेवी अधिकारीले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान