पोखरा, १६ जेठ । नेपाली काँग्रेस कास्कीले गर्न लागेको जिल्ला सम्मेलनको तयारी पूरा भएको छ ।
कास्की काँग्रेसको जेठ ४ गतेको बैठकले १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको थियो ।
१७ गते सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलन उद्घाटन गर्ने तथा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सम्बोधन गर्ने जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराईका अनुसार, सम्मेलनका लागि बरिष्ठ नेता पौडेल र महामन्त्री कोइराला बुधबार नै पोखरा आइसकेका छन् भने पार्टी सभापति देउवा बिहिबार पोखरा आउने छन् । सम्मेलनको उद्घाटन समारोह पोखरा सभागृहमा हुनेछ ।
सम्मेलनको दोस्रो दिन १८ गते जिल्ला कार्य समिति कास्कीको तर्फबाट राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरिने छ ।
सम्मेलनमा कास्कीका क्षेत्रीय प्रतिनिधि र अगुवा कार्यकर्ता गरी सात सय बढि सहभागी हुने छन् ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने