पोखरा, ८ जेठ । नेपाल स्वास्थ्यकर्मी संघ कास्कीको सातौं अधिवेशनले पुनःउदयकान्त तिवारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोपालचन्द्र बराल, राजबहादुर भण्डारी, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा नवीन खड्का छन् ।
यसअघि अधिवेशन उद्घाटन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवरले अधिकार प्राप्तिका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यसअवसरमा नेपाली काँग्रेसका नेता गुरु बराल, नेतृ सरस्वती गुरुङ, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष बलबहादुर कुँवर, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नम्बर ४ का अध्यक्ष मुरारी शर्मा, कास्की अध्यक्ष विजयराज भण्डारी, कास्की काँग्रेसका सदस्य नवीन सिग्देल, कारखाना मजदुर श्रमिक संघका केन्द्रीय महासचिव केशव भट्टराई, गृह श्रमिक संघ कास्कीकी अध्यक्ष लालुमाया रेग्मी, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य तेजाखर लम्साल, गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसीले बोलेका थिए ।
नेपाल स्वास्थ्यकर्मी संघ कास्कीका अध्यक्ष उदयकान्त तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा मणिपाल इकाइ समितिका अध्यक्ष भुपदेव भट्टले स्वागत र जिल्ला सचिव गोपालचन्द्र बरालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने