पोखरा, ७ जेठ । नेपाल विद्यार्थी संघ कास्कीका नेता सौगात थापाले आर्थिक अभावमा रहेका दुई विद्यार्थीलाई सोमबार सहयोग गरेका छन् ।
नेपाली काँग्रेस कास्कीका सदस्य नवीन सिग्देलको पहल तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको समन्वयमा उनले विद्यार्थीलाई सहयोग गरेका हुन् ।
उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित भद्रकाली उच्च माविमा कक्षा पाँचकी छात्रा एलिना थापा र कक्षा दुईकी छात्रा कृष्टिना थापालाई शैक्षिक सामाग्री तथा पोशाकका लागि जनही पाँच÷पाँच हजार सहयोग गरेका थिए ।
आफुले सामाजिक कार्य अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको विद्यार्थी नेता थापाको भनाइ छ ।
आर्थिक अभावका कारण ती विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको थाहाँ पाएपछि सहयोगका लागि समन्वय गरेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालको भनाइ छ ।
उनले नेपाल विद्यार्थी संघ कास्कीका नेता थापाले विद्यार्थीलाई गरेको सहयोगको प्रशंसा गरे ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई