पोखरा, ७ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं १० स्थित रामघाट आमा समूहले आयोजना गरेको फोहोर मैला व्यवस्थापन तथा कम्पोष्ट मल बनाउने तालिम सम्पन्न भएको छ ।
हेरालो प्रतिष्ठानका रोशबहादुर गुरुङ र झम गुरुङले सहजीकरण गरेको तालिममा ७० जना सहभागी थिए ।
तालिम समापनमा कार्यक्रमका प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा नं १० का वडासदस्य दिपक थापा, वडा सदस्य सम्मरबहादुर श्रेष्ठ, संस्थाकी अध्यक्ष अनिता तिमिल्सिना र आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा सदस्य दिपक थापाले वडाको आवश्यकता आफुहरुको प्राथमिकता भएको उल्लेख गरे ।
अर्का वडा सदस्य सम्मरबहादुर श्रेष्ठले महिलाहरुको लागि आवश्यक तालिम उपलव्ध गराउने बताए ।
त्यसअवसरमा रामघाट आमा समूहकी सल्लाहाकार किरण चन्द, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, सहभागीहरु खगिसरा पहारी, शान्ति गुरुङले बोलेका थिए ।
रामघाट आमा समूहकी अध्यक्ष अनिता तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सिता तिमिल्सिनाले स्वागत र सचिव कलावती शर्माले संचालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान