पोखरा, १५ वैशाख । नयाँ वर्ष – २०७५ को अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित युवा टोल सुधार समिति कुँडहरले शनिवार रक्तदान गरेको छ ।
‘समाज विकासमा युवाको भुमिका’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए ।
वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दिपकबहादुर केसीले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा उनले रत्तदान गरिएको रगतले मानिसलाई बचाउन सक्नेभन्दै कार्यक्रमको प्रशंसा गरे ।
संस्थाका सल्लाहाकार नारायण गुरुङले समाजिक क्षेत्रको विकासमा क्रियाशील बनेका युवाहरुलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।
त्यसअवसरमा संस्थापक अध्यक्ष रामकुमार राई, अरण्यज्योती पुस्तकालयका अध्यक्ष राजेन्द्र भण्डारी, समाजसेवी विश्व श्रेष्ठ, आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल लगायतले बोलेका थिए ।
युवा टोल सुधार समिति कुँडहरका अध्यक्ष विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुरज भण्डारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने