फेसबुक लाइभ रिपोर्टिङ गरिरहेका पत्रकारमाथि गोली प्रहार गरी हत्या

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १०, २०७५
live photo

निकारागुवा, १० वैशाख । निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनको फेसबुकमा लाइभ रिपोर्टिङ गरिरहेका एक पत्रकारको हत्या भएको छ ।

स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स शहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए ।

सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको छ । भिडियोमा उनी सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मेयर कार्यालयमा पु¥याएका क्षतिबारे बताइरहेका देखिन्छन् ।

अचानक गोली लागेर उनी ढल्छन् । गोली कसले चलाएको हो भन्ने प्रष्ट हुन सकेको छैन ।

गत बुधबारदेखि निकारागुवामा सामाजिक सुरक्षा र पेन्सनमा सुधारका लागि सरकारलाई दबाब दिन प्रदर्शन हुँदै आएको छ । मजदुर तथा कर्मचारीलाई पेन्सनबापत प्राप्त हुने रकममा ५ प्रतिशत कमी गरिएपछि विरोध प्रदर्शन भएको हो ।

एक जना सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन् – यी एन्जल गहोना हुन् । उनको मृत्यु फेसबुक लाइभ गर्ने क्रममा भयो । ब्लुफिल्ड्समा प्रहरी र प्रदर्शनकारीबीच तनाव फैलिएपछि गोली चल्छ र उनी ढल्छन् ।

यो गत शनिबार दिउँसोको घटना हो । सरकारविरुद्ध निकारागुआमा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ । तर मानवअधिकारसँग सम्बन्धित संगठनहरुका अनुसार मृतकको संख्या २५ भन्दा बढी छ ।

निकारागुआमा सामाजिक सुरक्षा र पेन्सनमा सुधारको विषयलाई लिएर गत बुधबारदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । मजदुर र जागिरेहरुको पेन्सन सुविधामा पाँच प्रतिशत कटौती गरिएको विरोधमा आन्दोलन भएको हो ।

राष्ट्रपति डेनियल ओर्टेगाले यसमा सुधार गर्ने घोषणा गरे पनि सरकारविरुद्धको प्रदर्शन रोकिएको छैन ।

                                                                     (अनलाइनखबर÷एजेन्सी÷इमेजखबरको सहयोगमा)

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग