महिला तथा बाल कल्याण कुञ्जको फोहोरमैला व्यवस्थापन तालिम

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ९, २०७५
DSC00552

पोखरा, ९ बैशाख । महिला तथा बाल कल्याण कुञ्ज पोखरा – १३ ले  वातावरण तथा फोहोरमैला व्यवस्थापन सम्वन्धि एक दिने तालिम गरेको छ ।

संस्थाका सदस्यहरुलाई वातावरणको महत्व बारे जानकारी दिई फोहोरमैला व्यवस्थापनमा प्रेरित गर्ने उदेश्यले तालिम गरिएको हो । तालिममा ५० जना सहभागि थिए । तालिममा वातावरणविद् अभयकान्त सिग्देलले सहजिकरण गरेका थिए ।

तालिम उद्घाटनगर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडाध्यक्ष दर्शन लामाले वडालाई फोहोरमैला मुक्त बनाउनका लागि सवैको सहयोग आवश्यक भएको उल्लेख गरे ।

भगवती हाइड्रोपावरका निर्देशक ई. बसन्तमोहन भट्टराईले  वातावरणका लागि फोहोरमैला व्यवस्थापन मुख्य आवश्यकता भएको बताए ।

महिला तथा बाल कल्याण कुञ्जकी पूर्वअध्यक्ष उषा सिग्देलले संस्थाले समाजको आवश्यकता हेरी आफ्ना गतिविधि संचालन गर्दै आएको बताइन्।

कार्यक्रममा पृथ्वीधर सिग्देल समाजका अध्यक्ष कृष्णप्रसाद सिग्देल, संस्थाका सल्लाहाकार ज्ञानेन्द्रप्रसाद सिग्देल, पृथ्वीधर सिग्देल समाजका पूर्वअध्यक्ष शरदकान्त सिग्देल, महिला तथा बाल उत्थान मञ्चकी अध्यक्ष विष्णु कार्की, नेपाल परिवार नियोजन संघका सभापति अर्जुन सिग्देल, संस्थाका सदस्य सत्यदेवी खनालले बोलेका थिए ।

महिला तथा बाल कल्याण कुञ्जकी अध्यक्ष लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्तिदेवी सिग्देलले स्वागत र सचिव मैया सिग्देलले संचालन गरेकी थिइन।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा, ६ फागुन । पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाइन्ट मा.विको ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम…
  • कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो

    राष्ट्र न्यूज सम्वाददाता माघ २९, २०८०
    पोखरा, २९ माघ । कास्कीमा सुंगुर, बंगुर तथा बंदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढेको छ । पशुपन्छि…
  • सोंथर बेँसी मेलाको तयारी तिव्र

    राष्ट्र न्यूज सम्वाददाता माघ २५, २०८०
    पोखरा, २५ माघ । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार पाखुरीकोट र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको…
  • हेम्जा वोर्डिङको फागुनमा वार्षिकोत्सव

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । हेम्जा वोर्डिङ स्कुल पोखरा— २५ हेमजाले २८ औं वार्षिकोत्सव, अभिभावक दिवस मनाउने भएको छ । फागुन…
  • सोतीपसलको मंगला माविमा शिविर

    राष्ट्र न्यूज सम्वाददाता पौष २२, २०८०
    पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन्…

Archives

Archives