पोखरा, ८ वैशाख । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ इकाइ समितिले शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा कास्की काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने नेताहरुले निर्वाचनपछिको निराशा अन्त्यगर्दै जोश, जाँगर र उत्साहका साथ अघि बढ्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले काँग्रेसको नीति तथा सिद्वान्त कहिले पनि नहार्ने उल्लेख गरे ।
नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले एकता नै शक्ति भएको भन्दै एकतावद्व काँग्रेसलाई कसैले हराउन नसक्ने बताए ।
सांसद बृन्दादेवी रानाले जनताको मन जित्ने कामगर्दै आगामी निर्वाचनमा बहुमत ल्याउनुपर्ने आवश्यकता औल्याइन् ।
महासमिति सदस्य देवराज चालिसेले सिद्विन तयार हुने तथा सुध्रिन तयार नहुने प्रवृत्ति काँग्रेसभित्र हावी भएकोभन्दैं चिन्ता व्यक्त गरे ।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल, क्षेत्रीय सभापतिहरु माधव बास्तोला ‘मधु’, विजयराज आचार्य, महाधिवेशन प्रतिनिधि खेमकुमारी बराल, नेपाल महिला संघकी इकाइ सभापति विष्णु आचार्य, नेपाल विद्यार्थी संघका विवेक थापा लगायतले बोलेका थिए ।
नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं १५ का इकाइ सभापति टोपबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेता तारानाथ पाखेले स्वागत, जिल्ला सदस्य मिनबहादुर गिरीले धन्यवाद ज्ञापन र सचिव धनराज पुरीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
नागीधार महोत्सव सकियो
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि