बैशाख ५,पोखरा । पोखराको लेकसाइड डोजाङ्गले फेवाताल विचमा रहेको तालबाराही मन्दिरका पुजारीहरुलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ ।
एक समारोहका विच डोजाङ्ग प्रमुख प्रितम कुँवरले मन्दिरका पुजारी नारायण प्रसाद अधिकारीलाई पाँच थान लाइफ ज्याकेट हस्तान्तरण गरे । त्यसैगरि कुँवरले मन्दिरका लागि १ हजार भेटि सहयोग प्रदान गरे ।
पुजारी अधिकारीले लाइफ ज्याकेट सहयोग गरेकोमा डोजाङ्ग परिवारलाई धन्यवाद ज्ञापन गरे । यसअघि आफुहरुसंग लाइफ ज्याकेट नभएका कारण कहिलेकाँहि बिना लाइफ ज्याकेट ताल वारपार गर्नुपरेको उनले सुनाए ।
कार्यक्रममा नेपाली काँग्रेस वडा नम्बर ६ इकाइ सभापति बलराम गिरी, बाराही डुँगा घाटका संयोजक बत्तिप्रसाद गुरुङ्ग, फेवा डुँगा व्यवसायिक संघका सदस्य तारा विक लगायतले डोजाङ्गले खेलकुदसंगै विविध सामाजिक कार्यमा पनि उल्लेख्य योगदान पु¥याएको भन्दै डोजाङ्गको चर्चा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सच्चाइमा सम्मान
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह