नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष बराललाई पितृशोक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २, २०७५
30724334_1953459741395388_3918792827156029914_n

पोखरा, २ बैशाख। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराललाई पितृशोक परेको छ ।

बरालका पिता सूर्यनाथ उपाध्याय बरालको पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ पाटनवेशीस्थित निवासमा ९० वर्षको उमेरमा आइतवार निधन भएको हो।

उनी विगत केही समय यता दम लगायतका स्वास्थ्य समस्याबाट पीडित थिए। साविक आर्वा विजय गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च समेत रहेका समाजसेवी स्व. बरालले दुधपोखरी मार्ग निर्माणका साथै जिल्लाका विद्यालय, सहकारी जस्ता उल्लेख्य संघ संस्थाको स्थापनामा नेतृत्व गरेका थिए ।

श्रीमती, तीन छोरा र दुई छोरीका अभिभावक स्व. बरालको सोमबार देबघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

यसैबीच नेपाल प्रेस युनियन कास्कीद्धारा आइतवार नै एक प्रेश विज्ञप्ति जारी गरि अध्यक्ष शिरोमणि  बरालको निधन प्रति दुःख व्यक्त गरिएको छ।

नेपाल प्रेस युनियन कास्कीका सचिव प्रकाशचन्द्र सापकोटाद्धारा जारी गरिएको विज्ञप्तिमा स्वर्गीय सूर्यनाथ उपाध्याय बरालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै