पोखरा, २९ चैत । माइक्रोबसको ठक्करबाट गंभिर घाइते भएका सन्दिप पौडेलको पनि मृत्यु भएको छ ।
उनको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार मृत्यु भएको हो । गत मंगलबार उनी सवार ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो । माइक्रोले ठक्कर दिंदा मोटरसाइकल चालक शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको थियो । घाइते पौडेलको तीन दिन पछि मृत्यु भएको हो ।
मृतक दुबैको बिहिबार नै अन्त्येष्टी गरिएको छ । पनेरुको सेती रामघाटमा तथा पौडेलको दोविल्ला घाटमा अन्त्येष्टी गरिएको हो । मृतक दुवैका परिवारले बिहिबार शव बुझेका हुन् ।
पनेरुको मृत्युपछि विद्यार्थी र आफन्त आन्दोलित बनेका थिए । उनीहरुले बुधबार दिउँसो पोखरामा सार्वजनीक यातायात सञ्चालनमा समेत अवरोध पु¥याएका थिए ।
मृतक दुवैका आफन्तले चालकलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । ‘प्रशासनले चालकलाई कडा कारवाही गर्ने आश्वासन दिएकालेनै हामीले शव बुझेका हौ’ मृतक पनेरुका ठुलोबुवा दुर्गाप्रसाद पनेरुले भने । ‘हामीलाई ५ लाखको प्रलोभन देखाइएको छ, तर हाम्रो माग चालकलाई कडा कारवाही हुनुपर्छ भन्ने हो’ उनले भने । बिमा बापत नियमलेनै पाइने पाँच लाख देखाउँदै कसैको ज्यान लिन नपाइने उनको भनाइ छ ।
त्यस्तै अर्का मृतक पौडेलका आफन्त हुमप्रसाद अधिकारीले पनि प्रशासनले चालकलाई कडा कारवाही नगरे फेरी सडकमा आउन बाध्य हुने चेतावनी दिए ।
स्याङ्जा घर भइ हाल ड्यामसाइड बस्दै आएका २२ वर्षिय शोभाकान्त पनेरु छोरेपाटनस्थित गुप्तेश्वर बहुमुखी क्याम्पस व्यवस्थापन संकाय स्नातक तह दोस्रो वर्षमा पढ्थे । अर्का मृतक २४ वर्षिय सन्दीप पौडेल पोखरा लेखनाथ महानगरपालिका वडा २१ का हुन् ।
घटनापछि आन्दोलित पोखराका विद्यार्थीहरुले बुधबार दिनभर पोखराको सडकमा नाराबाजि गरेका थिए । आन्दोलित विद्यार्थीले मान्छे मार्न पाइँदैन, हत्याको निष्पक्ष छानबिन गर, चालकको लाइसेन्स खारेज गर लगायतका नाराबाजी गरेका थिए । बस चालकलाई कडा कारवाही नभए आफुहरु फेरी सडकमा उत्रने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने
बेसीसहर शाखामा सित्तैमा जाँच, वालिङमा चाडै शाखा
कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत
गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल
पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग