पोखरा, २९ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले नयाँ वर्ष – २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा आमा समूह, टोल विकास संस्था, क्लबका प्रतिनिधि तथा संस्थाका सदस्यहरुको सहभागिता थियो ।
त्यसअवसरमा संस्थाद्वारा प्रकाशित क्यालेण्डर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले लोकापर्ण गरेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक सिंहले प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न तथा बिकृति विसंगति अन्त्य गर्न नसक्ने भएकाले नागरिकसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्की, वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक दिपकबहादुर केसी, सल्लाहाकार माधव बास्तोला ‘मधु’ ले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष धर्मराज आचार्यले स्वागत र सचिव मिरादेवी आचार्यले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान