पोखरा, २७ चैत । पोखराको एयरपोर्टमा माइक्रो बसको ठक्करले मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक घाइते छन् ।
बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले बिहान करिब साढे ९ बजे ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलको पछाडि बसेका स्याङ्जा जिल्ला घर भई हाल कास्की पोखरा १७, ड्यामसाइड बस्ने वर्ष २२ का शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने वर्ष २४ का सन्दीप पौडेल सख्त घाइते छन् । घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ।
दुर्घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एयरपोर्ट अगाडि जनप्रिय क्याम्पस जाने मोडमा सो दुर्घटना भएको हो ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने