पोखरा, २५ चैत । लागुऔषध नियन्त्रण व्युरो पोखराले लागुऔषध चरेश सहित दुई जनालाई पोखराको जिरो किमिबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङको तारा गाउँपालिका वडा नं ४ का १९ वर्षिय विष्णु कँडेल र १८ वर्षिय कासुवास गौतम छन् । उनीहरुको साथवाट प्रहरीले तीन केजी चरेश बरामद गरेको छ ।
बाग्लुङवाट लागुऔषध चरेश ल्याई पोखराका विभिन्न स्थानमा बिक्रि वितरण गर्दछन् भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्यूरो पोखराका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको कमाण्डमा खटेको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
यसअघि चैत्र २३ गते लागुऔषध नियन्त्रण व्यूरो पोखराले पोखराको घारीपाटनबाट दुई जनालाई गाजाँ र चरेश सहित पक्राउ गरेको थियो ।
उनीहरुसँग कै सोधपुछका आधारमा आइतबार निजहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक गुरुङको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल