पोखरा स्वास्थ्य प्रतिष्ठान कर्मचारीको अध्यक्षमा डा. श्रेष्ठ

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २४, २०७४
13537689_908999462561569_9036948752531288622_n

पोखरा, २४ चैत । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विकास समिति कर्मचारी युनियनको अध्यक्षमा डा. ढाकाकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

युनियनको अध्यक्ष बन्नका लागि चार जनाले इच्छा देखाएकोमा अन्यले पनि डा श्रेष्ठलाई समर्थन गरेपछि उनी सर्वसम्मत भएको निर्वाचन समितिका संयोजक डा. सुनिल पनेरुले जानकारी दिए ।

चैत १२ गतेको भेलामा डा. यज्ञराज सिग्देल, शंकर भण्डारी र शिवप्रसाद बास्तोलाले पनि अध्यक्षका लागि इच्छा जनाएका थिए ।

समितिको प्रथम उपाध्यक्षमा पशुपति महतो, द्वितिय उपाध्यक्षमा डा. तारा गुरुङ, तृतिय उपाध्यक्षमा देवी थापा, सचिवमा रमेश घिमिरे, सहसचिवमा डा.कृष्ण बराल, कोषाध्यक्षमा शान्ति खड्का छन्।

त्यस्तै, समितिको सदस्यमा डा. गोविन्दराज पाण्डे, समीक्षा आचार्य, बुद्वि तामाङ, डा. मिलन सिग्देल, विज्ञान सिग्देल र मधु बराल छन् ।

अध्यक्षमा निर्वाचित डा. ढाकाकुमार श्रेष्ठले अस्पताल विकास समिति अन्तर्गत रहेका करार र अस्थायीलाई स्थायी गर्न तथा लामो समयदेखि स्थायी भएकाहरुलाई नियमानुसार पदोन्नतीका लागि पहल गर्ने प्रतिवद्वता व्यक्त गरे ।

उनले कर्मचारीमाथिका ज्यादती अन्त्यगर्दै अस्पतालको चौतर्फी विकासमा सहयोग गर्ने उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै