पोखरा, २१ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ कृष्णटोलमा पतञ्जली योग केन्द्र संचालनमा ल्याइएको छ ।
कृष्ण टोल विकास संस्थाले कृष्ण टोल समाज भवनमा योग केन्द्र संचालन गरेको हो । स्थानीयलाई योगको महत्व बुझाउँदै योगका माध्यमबाट स्वस्थ्य र निरोगी जनशक्ति उत्पादनका लागि योग केन्द्र खोलिएको हो । स्थानीय, वडा कार्यालय र सहयोगदाताबाट दिइएको रकमबाट योग केन्द्र संचालन गरिनेछ।
बुधबार आयोजित कार्यक्रमबीच प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले योग केन्द्र उद्घाटन गरे । कार्यक्रममा उनले स्वास्थ्य नै धन भएकोभन्दै निरोगी हुनका लागि खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ का वडासचिव लोकदर्शन कोइराला, पतञ्जली योग केन्द्रका केन्द्रीय सदस्य नरेन्द्रमान लालचनले बोलेका थिए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ का वडाध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रम कृष्ण टोल पतञ्जली योग केन्द्रका अध्यक्ष लेखुराम खतीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने