आलु महोत्सव भोलिदेखी, तयारी पुरा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २१, २०७४
ph-alu

पोखरा, २१ चैत। नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ भोलि बिहीबारदेखि शुरु हुदैछ ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

‘सम्पूर्ण उपसमितिले आफ्नो काम पुरा गरिसकेका छन्’–महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले भने–‘महोत्सवलाई भव्य र सभ्य बनाउनका सवैको सहभागिता रहने अपेक्षा गरेका छौं।’

महोत्सवको उद्घाटन प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने छन् । महोत्सव उद्घाटन अघि मिलन चोक बाट झाँकी सहितिको ¥याली निकालिने विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेमजा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवस्थापन इकाई वसुन्धरा काठमाण्डौंको आयोजनामा हुन लागेको महोत्सव ३० गते सम्म विष्णु पादुका खेल मैदानमा हुदै छ।

हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सवको आकर्षमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध साँस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुको वेजोड प्रस्तुति, जापानिज सुन्तला, च्याउँ कफि, चिया विक्रि एवम् प्रदर्शनी, विभिन्न कृषि विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहने छ।

त्यसैगरी, खुल्ला एकल नृत्य प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्वको आकर्षणको रुपमा रहने छ। महोत्वसमा रत्यौली प्रतियोगिता साथै राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुति र हाँस्य प्रहशन पनि रहने आयोजकले जनाएको छ।

महोत्वमा कृषि प्रदर्शनी, कृषि उत्पादन विक्रि वितरण, व्यापारिक, आलुका तथा कृषि उत्पादनका परिकार, प्राथमिक उपचार, वैकिड्ड कारोवार, मनोरञ्जन गरी १ सय १६ स्टल रहने स्टल संयोजक राजेन्द्र थापाले जानकारी दिए।

महोत्सव सम्पन्न गर्नका लागि करिव २४ लाख ८५ हजार खर्च लाग्ने अनुमान गरिएको नवौ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष कृष्णबहादुर खड्काले जानकारी दिए।

हेमजामा मात्रै करिव चार सय देखि चार सय २५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ। हेमजामा विशेष गरि एम.एस ४२ जातको आलु लगाईने गरिएको छ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै