पोखरा, १९ चैत । बुद्व विशाल बजार व्यापारिक एशोसियशन पोखराले सोमबार नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा एशोसियशनसँग आवद्व सदस्य र शुभेच्छुकको सहभागिता थियो । त्यसअवसरमा प्रदेश नम्बर ४ का सांसद विन्दुकुमार थापाले एशोसियशनले प्रकाशित गरेको क्यालेण्डर विमोचन गरेका थिए ।
कार्यक्रममा सांसद थापाले मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचार नियन्त्रण जरुरी भएको बताए ।
उनले व्यवसायीकोे समस्यालाई आफुले नजिकबाट बुझेकोभन्दै समाधान गर्ने आफ्नो दायित्व भएको उल्लेख गरे ।
पोखरा उद्योग वाणिज्य संघकी सदस्य गिता गौतम तिवारीले व्यवसायीक एकता अहिलेको आवश्यकता भएको बताइन् ।
त्यसअवसरमा कपडा व्यवसायी संघ कास्कीका अध्यक्ष नवीन नापित, बुद्व विशाल बजार व्यापारिक एशोसियशनका निवर्तमान अध्यक्ष प्रदिपकुमार मुल्मी, कस्मेटिक व्यवसायी संघ कास्कीका अध्यक्ष जगदिशप्रसाद अधिकारी, एशोसियशनका प्रेस सल्लाहाकार नवीन सिग्देलले बोलेका थिए ।
बुद्व विशाल बजार व्यापारिक एशोसियशनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बुद्विबहादुर कुँवरले स्वागत र महासचिव इन्द्रराज अर्यालले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान