पोखरा, १८ चैत । अर्घाखाँची पोखरा सम्पर्क समाजको आयोजनामा पोखरामा आइतबारदेखि पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम शुरु भएको छ ।
तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुई सय २० जना सहभागि छन् ।
तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले सहजीकरण गर्ने छन्। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनलाई समाजको तर्फबाट अध्यक्ष कृष्णप्रसाद पाण्डेले सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले बुद्व र सगरमाथाले नेपाललाई चिनाए जस्तै तेज दिमाग हुनेहरुको देशका रुपमा पनि नेपाललाई चिनाउन लागिपरेको उल्लेख गरे ।
उनले नेपालका ६४ जिल्लामा आफुले स्मरण शक्ति बढाउन यस्तै तालिम गरिसकेको जानकारी दिए ।
अन्तर समाज महासंघका अध्यक्ष दिपेन्द्र राईले अर्घाखाँची पोखरा सम्पर्क समाजले रचनात्मक काम गरेको उल्लेख गरे ।
अर्घाखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत र महासचिव लिलबहादुर जिसिले संचालन गरेका थिए ।
कार्यक्रम समाजका सदस्य राज सुनार र किसन सुनारले संयोजन गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
११ औं पोखरा महोत्सवको तयारी पूरा