पोखराका जेष्ठ नागरिक १०४ वर्षिय गुरुङको निधन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १२, २०७४
29547054_10209534309469463_2024624233_n

पोखरा, १२ चैत । पोखराका जेष्ठ नागरिक योरो गुरुङको एक सय ४ वर्षको उमेरमा निधन भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ माटेपानी निवासी गुरुङको सोमबार निधन भएको हो । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

उनको पार्थिव शरिर मङ्गलबार मादी – १ सिक्लेसको प्लिच्कुमा अन्त्येष्टी गरिने छ । मृत्युअघि उनले आफ्नो अन्त्येष्टी जन्मस्थलमा नै गरिदिन आग्रह गरेका कारण सिक्लेस लगिएको युवा नेता देवीजङ्ग गुरुङले जानकारी दिए।

उनी दोस्रो विश्व युद्वमा सहभागि थिए । उनी गुरुङ पुरोहित पनि थिए ।

उनी मादी गाउँपालिकाको पार्चेस्थित सिक्लेसमा १९७१ मा जन्मेका थिए । उनका चार छोरा र चार छोरी छन्। गुरुङको परिवार सामाजिक क्षेत्रमा क्रियाशील छ ।

उनका सन्तान मध्य साहिलि छोरी हाईसुब्बा गुरुङ हुन्। हाईसुब्बा लामो समयदेखि समाज सेवामा क्रियाशील छन् भने उनी नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि पनि हुन् ।

गुरुङप्रति नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, कोषाध्यक्ष लक्ष्मी पाण्डे, क्षेत्रीय सभापति बृजमान गुरुङ, महिला नेतृ सरस्वती गुरुङ, युवा नेता कृष्ण कोइराला, नवीन सिग्देल लगायतले सोमबार नै श्रद्वाञ्जली अर्पण गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै