पोखरा, ८ चैत । नेपाली काँग्रेस कास्कीका पुराना नेता पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ निवासी रामबहादुर थापाको निधन भएको छ ।
नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि, नेपाली काँग्रेस कास्कीका पूर्व जिल्ला सदस्य थापाको ७० वर्षको उमेरमा बुधबार निधन भएको हो।
हृदयघात भएका थापाको पोखराको फिस्टेल हस्पिटलमा उपचारका क्रममा निधन भएको थियो । उनका एक श्रीमती, दुई छोरा र दुई छोरी छन्।
साविक सराङकोट – ८ का पूर्वजनप्रतिनिधि समेत रहेका थापा जनजागृति मावि संचालक समितिका पूर्वअध्यक्ष, धम्पुस कास्कीकोट सराङकोट खानेपानी उपभोक्ता समितिका पूर्वसचिव हुन्। उनी लामो समयसम्म समाजिक सेवाका संलग्न थिए ।
लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका बेला उनी पटक÷पटक जेल परेका थिए ।
थापाको पार्थिव शरीर बिहीबार पोखरा गाईघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।
कास्की काँग्रेसका सभापति कृष्ण केसी र पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए।
शवयात्रामा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, आफन्त र शुभेच्छुक सहभागि थिए।
यसैवीच, कास्की काँग्रेसले बिहीबार शोक विज्ञप्ति प्रकाशित गरी थापाको निधनले पार्टीमा क्षति पुगेको उल्लेख गरेको छ।
विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामनागर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनि समवेदना व्यत्त गरिएको छ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives