पोखरा, ८ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २१ बयली स्थित बयली आधारभुत विद्यालयलाई विभिन्न व्यत्तिहरुले आर्थिक सहयोग गरेका छन्।
विद्यालयलाई जापानिज नागरिक टेकी सु मिवाकोले एक लाख १५ हजार आर्थिक सहयोग गरेका छन्।
एक लाख रुपैया अक्षयकोषका लागि र १५ हजार रुपैया प्रशासनीक खर्चका लागि सहयोग गरेका हुन्। अक्षयकोषबाट प्राप्त ब्याजबाट प्रत्यक वर्ष विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गरिने छ।
जापानिज नागरिकले पठाएको सो रकम समाजसेवी धर्मराज अधिकारीले विद्यालयका प्रधानाध्यापक यामनाथ सुवेदी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ पोखरेललाई हस्तान्तरण गरेका थिए । अधिकारी पनि जापान बस्दै आएका छन्।
त्यस्तै, पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ माछापुच्छ«े टोल घर भई हाल अमेरिका निवासी विश्वनाथ भण्डारी र उनकी श्रीमती लक्ष्मी भण्डारीले पनि विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
विद्यालयमा कम्यूटर शिक्षाका लागि भण्डारी दम्पत्तिले एक लाख रुपैयाको ‘विश्व लक्ष्मी’ अक्षयकोष स्थापना गरेका हुन्।
यसैवीच, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र विद्यार्थीको संयुक्त बैठक बसी विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका उनीहरुलाई धन्यवाददिदै आभार व्यक्त गरेको छ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता