एकल लोक गायन प्रतियोगिताको अडिशन राउण्ड

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ६, २०७४
29357082_1328571637245016_5077341712620191744_n

पोखरा, ६ चैत । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको आयोजनामा एकल लोक गायन प्रतियोगिताको अडिशन राउण्ड भएको छ ।

कास्कीमा पहिलो पटक संचालन गरिएको अडिशन राउण्ड अन्र्तगत अभिषेक आचार्य,समिक्षा अधिकारी,स्मृति सुनार,उमेश अधिकारी,कृष्ण भटराई,श्रmृतु परियार,आयुष परियार, अन्जु पोखे्रल र स्वस्तिका तिमिल्सेनाले भाग लिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका प्रदेश नं. ४ का संयोजक तारापति सुबेदी प्रमुख निर्णयकमा रहेका थिए भने केन्द्रिय सदस्य जीवन दाहाल र कास्की जिल्लाका सल्लाहाकार पार्वती जिसी निर्णायकको भुमिकामा रहेका थिए ।

कास्की जिल्ला अन्र्तगत पहिलो चरणको अडिशन राउण्डमा कास्कीका आयुष परियार,उमेश अधिकारी र स्मृति सुनार दोस्रो चरणमा प्रवेश गरेका छन् । यसैगरी बैकल्पिकमा स्वस्तिका तिमिल्सेना र श्रmृतु परियार परेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय सदस्य जीवन दाहाल,सल्लाहाकार पार्वती जिसी र पुर्व केन्द्रिय सदस्य श्रीराम अधिकारीले शुभकामना मन्तव्य दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकल लोक गायन प्रतियोगिताका संयोजक टेक क्षेत्रीले स्वागत र सचिव ज्ञानेश्वर सुबेदीले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०७८
    काठमाडौँ, जेठ १० । कोरोना  सङ्क्रमणका  कारण अभौतिक   (भर्चुअल)   गतिविधि   बढ्दा   त्यसको   प्रत्यक्ष प्रभाव  मोबाइल…
  • फेरि होला लकडाउन ?

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ११, २०७७
    काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११…
  • राष्ट्रपति भण्डारी बंगलादेश जाने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७७
    राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक बंगलादेशको भ्रमण गर्ने भएकी छन् । भण्डारीले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने…
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    राष्ट्र न्यूज सम्वाददाता फागुन १८, २०७७
    भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। आइओसीले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको…
  • आज श्रीस्वस्थानी व्रत सकिदै

    राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…

Archives

Archives

Recent News

भर्खरै