अब फोहोरबाट बिजुली

Avatar राष्ट्र न्यूज सम्वाददाता
चैत्र १, २०७४
lighting

लमजुङ, ३० फागुन। वेशीशहर बजार क्षेत्रमा संकलित फोहरबाट प्रतिदिन ४ दशलमव ४३ किलोवाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ। वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्रले गरेको प्रारम्भिक सर्भेबाट त्यसको पुष्टि भएको हो।

केन्दका उपनिर्देशक डा नारायण अधिकारीका अनुसार वेशीशहर बजार क्षेत्रमा गरिएको प्रारम्भिक सर्भेका क्रममा दैनिक २ दशलमव ३ टन फोहर संकलन हुने र संकलित फोहरमध्ये १ दशलमव १५ टन फोहर बायोग्यास प्रविधिमा प्रयोग गर्न सकिने बताए। त्यसबाट ४ दशमलब ४३ किलोवाट विद्युत् निस्कने र उक्त विद्युत् ५० घरमा बिजुली बाल्न पुग्ने उल्लेख गरे।

केन्द्रले नगरपालिकाको फोहरलाई ऊर्जा परियोजनाअन्तर्गत वेशीशहरको फोहरको अवस्थाका बारेमा प्रारम्भिक अध्ययन गरेको हो। नगरपालिका र केन्द्रबीच गत असोज २४ गते सम्झौता भई सो काम थालिएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिए। उनका अनुसार बजारवासीमा फोहर गर्न नडराउने तर फोहरदेखि भाग्ने प्रवृत्ति रहेकोले वायोग्यास प्लान्टबाट फोहरलाई मोहर बनाउन यो परियोजना अघि बढाइएको हो।

बजारको फोहरबाट दैनिक ६४ दशमलव ४ घनमिटरको वायोग्यास उत्पादन गर्न सकिने औसत तुलना गर्दा त्यो ३ वटा एलपीजी ग्यासको सिलिण्डर बराबर हुने कार्यक्रममा सहजीकरण गर्दै आएको केन्द्रका ऊर्जा विज्ञ सुसिम अमात्यले दिए। उनले बायोग्यास र विद्युत्को अतिरिक्त दैनिक २ सय ३९ किलोग्राम कम्पोष्ट मल समेत वायोग्यास प्लान्टबाट निस्कने बताए।

यहाँ निर्माण हुने वायोग्यास प्लान्ट ६४ दशलमब ४ घनमिटरमध्ये प्रतिघनमिटर २२ हजार खर्च हुन्छ। यो रकम करिब डेढ करोड रुपैयाँ बराबर हो। तर यसमा जग्गा र अन्य आवश्यक प्रक्रियाको लागि थप रकम छुट्टै लाग्छ केन्द्रका उपनिर्देशक डा नारायण अधिकारीले भने। उनका अनुसार केन्द्रले विश्व बंैकको सहयोगमा ४० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ। नगरपालिकाले आवश्यक प्रक्रियासहित जग्गा उपलब्ध गराउनु पर्छ।

समयमै काम शुरु गर्न सके अबको करिब १ वर्षमा सम्पन्न हुने अनुमान प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। उक्त योजनाको विस्तृत अध्ययन हुन भने बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताए।

– अादर्श समाज सम्वाददाता

Related News

सम्बन्धित समाचार

  • आज श्रीस्वस्थानी व्रत सकिदै

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १५, २०७७
    पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ । आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई…
  • बर्ड फ्लुको उच्च जोखिम

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १४, २०७७
    छिमेकी  जिल्ला सुर्खेतमा   समेत   बर्डफ्लु   भेटिएपछि   बाँके जिल्ला  सो रोगको  अत्यधिक  जोखिममा  रहेका बेलासमेत  भारतबाट  अवैध…
  • भावी समीकरणमा कांग्रेस निर्णायक

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १३, २०७७
    नेकपा विभाजन ओलीकै कारणले मात्रै हुन सक्छ भन्ने बुझाइले देउवाले उनीसँगकै सहकार्यलाई प्राथमिकता दिँदै आएका छन् संसदीय प्रक्रियालाई अघि बढाउने…
  • कोरोना उपचारमा खटिने रित्तै, अन्यले लिए भत्ता

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन १०, २०७७
    काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र…
  • लायन्स क्लबद्वारा वृक्षरोपण

    Avatar राष्ट्र न्यूज सम्वाददाता श्रावण ४, २०७७
    पोखरा, ४ साउन । लायन्स क्लब अफ पोखरा माउन्टेन भ्युसिटिले वृक्षरोपण गरेको छ । क्लबले पोखरा १९ पुरुन्चौरस्थित धारा आधारभूत…