नेपाल कृषि श्रमिक संघ कास्कीको चोथौ अधिवेशन, अध्यक्षमा पौडेल

राष्ट्र न्यूज सम्वाददाता
फागुन ३०, २०७४
29020205_1002531899916125_2045577276_n

पोखरा, ३० फागुन । नेपाल कृषि श्रमिक संघ कास्कीको चोथौ अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा जीवनाथ सुवेदी, सचिवमा निर्मल पौडेल, सहसचिवमा राजेन्द्र विक्रम शाही, कोषाध्यक्षमा बसन्त पौडेल छन् । समितिको सदस्यहरुमा पुष्पराज भट्टराई, विष्णु आचार्य, रेशमलाल पौडेल छन् ।

अधिवेशन नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशवराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रममा उनले श्रमिकलाई संगठित गर्ने र उनीहरुको क्षमता अभिवृद्विका लागि पहल गर्ने बताए ।

त्यसअवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष घनश्याम रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेस युवा समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल यातायात मजुदर संघ प्रदेश नम्बर ४ का संयोजक किरणबाबु पन्त, नेपाल गृह श्रमिक संघ कास्कीका अध्यक्ष लालिमाया रेग्मी, नेपाल कारखाना श्रमिक संघ कास्कीका अध्यक्ष किरण अधिकारी, नेपाल इम्ब्रोडरी सिलाई बुनाई श्रमिक संघ कास्कीका अध्यक्ष कल्पना कँडेलले बोलेका थिए ।

नेपाल कृषि श्रमिक संघ कास्कीका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव निर्मल पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै