पकेटमारी गर्ने दुई जना पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
फागुन २९, २०७४
close-up-of-a-thief-pickpocket-while-stealing-a-purse-from-a-bag_bwc48828876

पोखरा, २९ फागुन । पकेटमारी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बाग्लुङको बरेङ गाउँपालिका वडा नं ६ घर भएका ३४ वर्षिय हर्कबहादुर थापा र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ६ थपर्क घर भएका ३० वर्षिय सुरज गुरुङलाई पक्राउ गरेको हो ।

उनीहरुले धादिङबाट पोखरातर्फ जादै गरेको ग.१.ख ४६६८ नम्बरको यात्रुवाहक बसमा सवार यात्रुको पकेटमारी गरेका थिए ।

बसमा सवार धादिङको निलकण्ठ नगरपालिका घर भएकी राधा कोइराला निदाएको अवस्थामा पकेट मार्ने उदेश्यले ब्याग खोल्ने क्रममा कन्डक्टरको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले म्याग्दे गाउँपालिका वडा नं ४ थर्पु बजारबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि केहि सार्वजनीक अपराध तथा सजाय ऐन अनुसार म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ

पृथ्वीराजमार्गमा चल्ने सार्वजनीक यातायातका साधनमा केहि दिनदेखि अपराधिक कृयाकलापमा संलग्न व्यक्तिहरुले यात्रीलाई दुःख, हैरानी दिने, चोरी गर्ने, पकेटमारी गर्ने जस्ता गतिविधि गर्ने गरेको भन्ने जनगुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग