पोखरा, २८ फागुन । नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिले सोमबार क्याम्पस सरसफाई गरेको छ ।
नेवि संघका विद्यार्थी सहित काँग्रेसका नेताले सरसफाईमा सहभागिता जनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीले नेपाल विद्यार्थी संघले स्थापनादेखि हालसम्म शैक्षिक, राजनैतिक र सामाजिक सुधारका गतिविधिहरुमा सक्रिय सहभागिता जनाउदै आएको बताए ।
उनले राजनीतिमा नैतिकता र विचारको खडेरी परिरहेका बेला विद्यार्थीले झनै शशक्त भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
नेपाली विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि प्रेम पौडेलले रचनात्मक कार्यले गर्दा ने.वि.संघ सबै विद्यार्थीहरुको प्रिय र साझा संगठन बन्न पुगेका उल्लेख गरे।
पिएन क्याम्पस प्रमुख चन्द्रबहादुर थापाले नेवि संघले क्याम्पसमा उदाहरणिय कार्य गर्दै आइरहेकोभन्दै सबैले हातेमालो गर्दै क्याम्पसको शैक्षिक विकासमा योगदान गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेवि संघ केन्द्रीय सदस्य भानुभक्त ढकाल, गोपाल गुरुङ, स्याङ्जा अध्यक्ष अजित क्षेत्री लगायतले बोलेका थिए ।
नेवि संघ पृथ्वीनारायण क्याम्पस मूल इकाइ समितिका अध्यक्ष दिपक वाग्लेको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थी नेता रेशम हमालले स्वागत र विद्यार्थी नेता निर्मल अधिकारीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता