विमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्सको अध्यक्षमा बराल

राष्ट्र न्यूज सम्वाददाता
फागुन २४, २०७४
28795750_10213108950691000_777406483783483392_n

पोखरा, २४ फागुन । पेशागत विमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाको तेस्रो अधिवेशन तथा साधारणसभाले तारा बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा मञ्जु कोइराला, सचिवमा दामोदर सापकोटा, सहसचिवमा धनप्रसाद पौडेल, कोषाध्यक्षमा दिपक पराजुली छन्।

समितिको सदस्यहरुमा मित्रलाल शर्मा, शकुन्तला शर्मा, कुन्दनकुमार मल्लिक, बाबुराम सापकोटा, सोमबहादुर नेपाली र योगेन्द्र बराल छन्।

यसअघि पेशागत विमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका केन्द्रीय सदस्य नेत्र ढकालले साधारणसभा उद्घाटन गरेका थिए।

कार्यक्रममा सल्ल्लाहाकार बरिष्ठ एजेन्सी मेनेजर घनश्याम पाण्डे, बरिष्ठ एजेन्सी मेनेजर प्रविन पोखरेल, सिनियर एजेन्सी मेनेजर दिपक तिवारीले बोलेका थिए।

Related News

सम्बन्धित समाचार