पोखरा, २३ फागुन। नेपाली काँग्रेस क्षेत्र नं. ३ कास्कीले प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने भएको छ।
नेपाली काँग्रेस क्षेत्र नंंं. ३ कास्कीको बुधवार बसेको वैठकले सो निर्णय गरेको हो।
जसअन्तर्गत क्षेत्र नं. ३ प्रदेश ‘क’ को चैत २ गते हेमजामा र प्रदेश ‘ख’ को चैत ३ गते ढिकुरपोखरीमा प्रदेश स्तरीय कार्यकर्ता भेला आयोजना गरिने क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए।
त्यसैगरी वैठकले स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ। कास्की जिल्ला क्षेत्र नं. ३ नेपाली काँग्रेसको राजनीतिक एवम् सांगठनीक इतिहाससँगै नेपाली काँग्रेसका क्रियाशिल सदस्यको अभिलेख तयार पार्नका लागि स्मारिका प्रकाशन गर्ने निर्णय गरिएको क्षेत्रीय सचिव खिमलाल बाँस्तोलाले जानकारी दिए।
स्मारिका प्रकाशनका लागि डा.यमनाथ तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको क्षेत्रीय सदस्य तथा प्रचार विभाग प्रमुख प्रकाशचन्द्र सापकोटाले जानकारी दिए। समितिको सदस्यमा कृष्णप्रसाद तिमिल्सिना, यादवराज अधिकारी, भीमनाथ बराल र वीरेन्द्र गुरुङ रहेका छन्।
बैठक क्षेत्रीय सभापति पोषनाथ शर्माको अध्यक्षतामा बसेको थियो।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने